गजित विष्टको हनिमुन: बरन्डामै सुहागरात

0 14
हनिमुन जीवनको अविस्मरणीय र रोमाञ्चक क्षण होला। मेरो हनिमुनमा भने संघर्ष पनि थपियो । परिवारको अनुुमतिबिना प्रेमविवाह गरिसकेपछि कसरी परिवारलाई सहमत गराउने र करिअर निर्माण गर्ने भन्‍ने ध्याउन्‍नमै रमाइलो हनिमुन मनाइयो।
हनिमुनको रोमाञ्चकताभन्दा पहिले प्रेमकहानीको पनि चर्चा गरौं। स्कुल पढ्दादेखिकै साथी सम्झना पोखरेललाई मैले जीवनसाथीका रूपमा रोजेँ।
त्यसो त स्कुलमै चिनजान भएकी सम्झनालाई कलेज सँगै पढुन्जेलसम्म पनि भावी जीवनसाथीका रूपमा हेरेको थिइनँ।
उनको परिवार र हाम्रो परिवारबीच राम्रो सम्बन्ध थियो। एक दिन घरमा मेरो विवाहको कुरा भयो। आमाले ‘यसले कस्ती केटी विवाह गर्ला, सम्झनाजस्तै राम्री, सोझी बुहारी चाहिन्छ’ भन्‍नुभयो।
आमाको त्यो भनाइले मेरो सोचाइ परिवर्तन भयो। सम्झनाजस्ती होइन सम्झनालाई नै बुहारी बनाउँछुजस्तो लाग्यो।
उनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भयो। उनका प्रत्येक क्रियाकलाप नियाल्न थालेँ। रहँदै जाँदा एक दिन उनलाई प्रेम प्रस्ताव राखेँ तर उनले स्वीकारिनन्। उनले मलाई साथीका रूपमा मात्र हेरेको बताइन्। मन त दुख्यो तर बुझाएँ।
 नीप्रतिको व्यवहार भने परिवर्तन गरिनँ। उनका भाइहरू मेरा साथी थिए। टेलिभिजनको रियालिटी सो ‘आँगन’मा भाग लिन आउँदा म उनका भाइहरू बसेको ठाउँमा बसेर कार्यक्रममा सहभागी भएँ। पछि उनी पनि काठमाडौं घुम्न आइन।
मैले ‘आँगन’को अन्तिम चरणमा पुगेर पनि प्रतियोगिता जित्न सकिनँ। मलाई असाध्यै नरमाइलो लाग्यो। मेरो दुःख साथीहरूसँग बाडेँ।
कतैबाट उनले पनि मेरो पीडा सुनिछन्। घर फर्कंदा हामी एउटै बसमा फर्कियौं। त्यो यात्रामा उनको र मेरो लामो कुरा भयो।
उनले पनि मन पराउँदी रहिछन्। उनी ब्राह्मण परिवारकी, म क्षेत्री  यही जातको तगारोले उनले मेरो प्रस्ताव स्वीकार्न नसकेकी रहिछन्।
त्यो यात्रामा अतीतका मात्र होइन, भविष्यका कुरा पनि भए। उनले तीन वर्षअघि गरेको निर्णय उल्ट्याइन्। घर पुगेर मैले पनि परिवारमा आफ्नो कुरा राखेँ।
उनले पनि राखिछन्। तर परिवारले हाम्रो कुरा मानेन। उनका भाइ पनि मलाई सम्झाउन आए।
बुवा त सकारात्मक हुनुहुन्थ्यो, ममी मान्‍नुभएन। हाम्रो परिवारबीच भएको राम्रो सम्बन्ध बिग्रन्छ भन्ने चिन्ता गर्नुभयो।
सम्झनालाई म असाध्यै माया गर्थें, उनी पनि मबिना बाँच्न नसक्ने भएको बताउँथिन्।
हाम्रो करिअर पनि बनिसकेको थिएन। अब के गर्ने त ? मैले उनीसँग चार वर्षको समय मागेँ। यो समयमा आफ्नो करिअर बनाएर सक्षम हुुन्छुु भन्ने लागेको थियो। उनले हुन्छ भनिन्।
मानिसले जीवनमा सुहागरात कस्तो होला भन्ने कौतूहल पालेर बसेका हुन्छन् । तर श्रीमान् श्रीमतीले खुसी बाँड्न कुनै खास समय चाहिन्छजस्तो लाग्दैन। हामी अहिले पनि खुसी बाँडिरहेका छौं, हनिमुन मनाइरहेका छौं।
मेरो बुवाआमा बिर्तामोडमा होटल चलाएर बस्नुन्थ्यो, म भने विराटनगरमा धर्मदाजुसँग बसेर डान्स इन्स्टिच्युट चलाउँथेँ।
उनी एक दिन अकस्मात् झोला बोकेर म बसेको ठाउँमा आइन्। उनी घर छोडेर मसँगै जीवन बिताउन आएकी रहिछन्।
त्यो दिन उनको घरमा विवाहको विषयमा धेरै कुरा भएछ । घरपरिवार त्यागेर आएकी रहिछन्। अब के गर्ने भन्ने भयो।
हामीले नजिकैको मन्दिरमा गएर विवाह गर्‍यौं र मैले फुपूकी छोरीको घरमा उनलाई भित्र्याएँ।
मानिसले जीवनमा सुहागरात कस्तो होला भन्ने कौतूहल पालेर बसेका हुन्छन् । तर, जहाँ मैले उनलाई भित्र्याएँ, त्यहाँ एउटामात्र कोठा थियो, अर्को परिवार पनि त्यहीँ थियो।
दुईवटा खाट थियो, हामी सँगै सुत्‍ज पनि सकेनौं। त्यसपछि बाहिर बरन्डामा निस्केर गफ गरेर सुहागरात बितायौं।
मेरो घरमा ६ महिनासम्म हामीलाई स्वीकारिएन, उनको माइतीमा त डेढ वर्षसम्म बोलाइएन। त्यस्तो बेला करिअर बनिसकेको थिएन। दुवै परिवारका मानिस रिसाइरहेका थिए, हनिमुन जाने भन्ने कुरा त दिमागमै आएन।
हामी परिवारलाई मनाउन संघर्षरत थियौं अनि करिअरका लागि पनि त्यत्तिकै संघर्षरत थियौं। पछि अलि सबल पनि भइयो। देशभित्रका पर्यटकीय महत्‍वका प्रायः सबै ठाउँ घुमिसकिएको छ।
विदेशचाहिँ जान सकिएको छैन। अब कतै राम्रो ठाउँ जाने सोचाइमा छौं।
श्रीमान् श्रीमतीले खुसी बाँड्न कुनै खास समय चाहिन्छजस्तो लाग्दैन। हामी अहिले पनि खुसी बाँडिरहेका छौं, हनिमुन मनाइरहेका छौं।