कार दुर्घटनामा हेमा मालिनी घाइते

July 02 2015 18:45
काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनी बिहीबार राति राति कार दुर्घटनामा घाइते भएकी छन् ।
मथुराबाट भारतीय जनता पार्टीकी सांसदसमेत रहेकी मालिनी सवार मर्सिडिज कार राजस्थानको दौसामा विपरित दिशाबाट आइरहेको अर्को अल्टो कारसँग ठक्कर खाएर दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा घाइते भएकी मालिनीलाई उपचारका लागि राजस्थानकै लोक शान्ति अस्पतालमा भर्ना गरिएको छ । कार एकापसमा जुध्दा अल्टोमा सवार एक बालिकाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा परेको हेमा मालिनी सवार कार
प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top