कृषि मन्त्रीले अंगालो हालेका महिलाहरुको अर्कै बिलौना (भिडियोसहित)

0 15

काठमाडौँ, १७ असार । कृषिमन्त्री हरि पराजुलीले जबर्जस्ती हर्कत गरेका भनिएका महिलाहरुलाई भने संचारमाध्यमममा आएको खबरले झनै पीडा थपिदिएको छ ।

कृषि मन्त्रीले अंगालो हालेको तस्वीर सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा भाइरल बनेपछि महिलाहरु झनै ठूलो पीडामा परेका हुन् ।

महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहको निम्तो मानी कृषि मन्त्री हिलो खेल्न १५ असारका दिन काठमाडौँको मुलपानी पुगेका थिए । तर, त्यहाँ भएका राम्रा कुराहरु भने ओझेलमा पारिएको भन्दै महिलाहरुले आक्रोश पोखेका हुन् । खासगरि, बुढेसकालमा चरित्रमाथि नै दाग लाग्न थालेपछि महिलाहरु उल्टै कृषि मन्त्रीको बचाउमा लागेको देखिन्छ ।

हेर्नुस् महिलाहरुको यो बिलौनाः

बिहिबार ललितपुरस्थित कृषि विभागको हलमा गरेको पत्रकार सम्मेलनमा पनि मूलपानीकी ७० वर्षीया सानु केसी लगायतका महिलाहरुले यस्तै बिलौना गरे । बुढेसकालमा यस्ता हर्कत देख्दा देश विदेशबाट आफन्तले सोधीखोजी र फोन गरेर हैरान भएको उनको भनाइ थियो ।

टेलिभिजनमा आएको समाचार यस्तो थियोः