सिन्धुपाल्चोकमा ५ म्याग्निच्यूडको भूकम्प

0 17
काठमाडौं : बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ७ बजेर ४१ मिनेटमा हेलम्बु नजिकै केन्द्रबिन्दु भएको भूकम्पले काठमाडौं उपत्यकासहित नजिकका जिल्लाहरु हल्लाएको थियो ।
यसअघि बिहीबार बिहानै काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको थियो ।
बिहान ५ बजेर २६ मिनेटमा उग्रनचन्डीनाला गाविस केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबारमात्रै तीन पटक भूकम्पको धक्का महसुस भएको थियो ।