बक्राहा खोलाले बालक बगायो

0 17

मोरङ, असार १६ – गएरातिदेखि परेको अबिरल वर्षाले बक्राहा खोला उर्लेर आउँदा मोरङको मधुमल्ला गाविस डुबानमा परेको छ । मध्यराति १२ बजे बक्राहा खोला गाउँ पसेको थियो । मधुमल्लाको ४, ५, ६ र ८ वडा खोलाले बढी प्रभावित बनाएको छ भने कर्सेनी गाउँ पुरै डुबानमा परेको  छ । कर्सेनीमा दुईवटा घर बगाएको छ ।

चार वर्षीय शिशीर थापालाई खोलाले बगाउँदा मृत्यु भएको छ । यसैगरी दुई जनालाई बगाउँदा बगाउँदै गर्दा प्रहरीले जिवितै उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रभुप्रसाद ढकालले बताएका छन् । ९० वर्षीया मनमाया थापा र ५२ वर्षीय दुर्गा थापालाई प्रहरीले जिवितै उद्दार गरेको हो । मोरङको उत्तर-पूर्वी क्षेत्रमा पर्ने यो गाविस वर्षेनी डुबानमा पर्दै आएको छ ।

अहिले प्रहरीले असुरक्षित मानिसलाई सुरक्षितस्थानतिर लगिरहेको ढकालले बताए ।