डढेलोको चपेटामा वासिङटन (फोटो सहित)

0 10

वासिङटन, असार १५ – स्थानिय समय अनुसार आइतबार दिउसो देखि सुरु भएको डढेलोले अमेरिकाको वासिङटन राज्यमा आतंक मच्चाएको छ । अत्याधिक गर्मी र हावाहुरीका कारण डढेलोलाई नियन्त्रण गर्न अग्नीनियन्त्रकहरूलाई हम्मेहम्मे परिरहेको छ । दर्जनौं घरलाई यसले आफ्नो चपेटमा लिएको छ भने हजारौं मानिसलाई आफ्नो थलो छाडेर सुरक्षित स्थान तर्फ जान बाध्य बनाएको छ ।

उक्त क्षेत्र भएर गुड्ने रेललाई पनि डढेलोले प्रभावित गरेको छ । अहिले पनि सयौंको संख्यामा खटिएका अग्नीनियन्त्रकहरूले डढेलो नियन्त्रणको प्रयास गरिरहेको अधिकारीहरूले बताएका छन् ।