‘संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’

0 9

काठमाडौँ : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वैद्यले लेनिनको भनाइ उद्धृत गर्दै संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भएको टिप्पिणी गरे ।

वैद्यले भने, ‘लेनिनले भनेजस्तो संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो ।’

यद्यपी वैद्यले एकीकृत माओवादीले संसदको उपयोग गर्न खोजेको भए त्यसलाई स्वागत गर्ने   बताए । मंगलबार ललितपुरको कुपण्डोलमा जाजरकोटको कुसतरा हत्याकाण्डको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै वैद्यले संसदीय व्यवस्थालाई उपयोग गर्न सकिने भए पनि स्वीकार गर्न नसकिने बताए ।

वैद्यले भने, ‘संसदलाई उपयोग गर्ने नाममा संसदीय व्यवस्था मान्ने कुरा स्वीकार्य छैन ।’

वैद्यले एकीकृत माओवादीसँगको एकता अझै सम्भव भएको संकेत गरेका छन् । उनले एकताका लागि एमाओवादीका नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने तर्फ भने सचेत गराए ।