श्रीमतीको उपचार गर्न नसकेर सुनार विचल्लीमा

0 8

१५ असार, गुल्मी । भारतको लखनऊमा मजदुरी गरिरहेका बमबहादुर सुनार श्रीमतीलाई मुटुरोगले च्यापेपछि विचल्लीमा परेका छन् । लखनउको किङ जर्जेज मेडिकल युनिभर्सिटीले उनकी श्रीमती सलिना सुनारलाई एक महिनाभित्रै अपरेसन नगरिए बचाउन नसकिने बताएको छ ।

सुनारका अनुसार सो अस्पतालले अपरेसनका लागि मात्रै दुई लाख लाग्ने जानकारी दिएको छ । तर होटलमा मजदुरी गरेर जेनतेन गुजारा गरिरहेका सुनार त्यत्रो रकम जुटाउने अवस्थामा छैनन् । उनले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।

सुनार दम्पत्तिका १० महिनाको छोरा छन् । यसअघि नेपालमा उपचार गर्ने क्रममा चार लाख खर्च भइसकेको उनले बताए । गुल्मीस्थित आफ्नो घर धितो राखेर ऋण लिइ उनले सो खर्च जुटाएका थिए ।

‘मेरो नोकरीको कमाई एकदम नै न्यून छ । एक महिना भित्र अप्रेशन गर्ने मेरो कुनै उपाय छैन । म देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीसँग सहयोगको अपेक्षा राखेको छु,’ एक अपिल जारी गरी उनले भनेका छन् ।

उनले सहयोग गर्न इच्छुकहरुलाई नेपालको एसबीआई बैङ्कको गुल्मी शाखामा रहेको बैङ्क खाता नम्बर २०९१५२४१४०४८८६ मा रकम जम्मा गर्न आग्रह गरेका छन् ।

– See more at: http://www.onlinekhabar.com/2015/06/294230/#sthash.t9PxzCoa.dpuf