पेस्तोल र गोलीसहित ४ जना पक्राऊ

0 6

१५ असार, काठमाडौं । नयाँबसपार्क बस्ने रोल्पा गंकोट-४ घर भएका ३६ वर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल सहित पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार तारकेश्वर नगरपालिका-११ गोलढुंगास्थित निगालो रेष्टुरेन्टबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ थान म्याग्जीन, गोली ५ राउण्ड र बा ६ च ११५ नम्वरको मारुती सुजुकी कार बरामद भएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।