संविधानसभाको बैठक राती नौ बजे बस्ने

0 12

काठमाडौँ : सोमबार साँझ सात बजेका लागि बोलाइएको संविधानसभाको बैठक राती नौ बजे बस्ने भएको छ ।

दिउँसो तीन बजे बस्ने भनिएको बैठक यस अघि सात बजे बस्ने संसद सचिवालयले जानकारी गराएको थियो ।

संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार दिउँसो तीन बजे बस्ने भनेको संविधानसभाको बैठक सात बजेका लागि सारेको थियो । संविधानसभामा सभासदलाई वितरण गर्ने संविधानको एकीकृत मस्यौदाको छपाईमा ढिलाई हुँदा संविधानसभाको बैठकको समय सोमबार पटक पटक सरेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले सात बजे सूचना प्रकाशित गर्दै संविधानसभाको बैठक राती नौ बजे बस्ने जानकारी गराएको छ ।