सामुदायीक सहयोग केन्द्रले बाँड्यो ३१ लाखको राहत

0 3

१४ असार, असार । सामाजिक संस्था सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीले भूकम्प पीडितका लागि ३१ लाख रुपैयाँ बराबरको राहत बाँडेको छ ।

 

गत वैशाख १२ को भूकम्पबाट पीडित भएकाहरुलाई २० लाख रुपैयाँ बराबरको खाद्यान्न र ११ लाख रुपैयाँ बराबरको गैरखाद्य सामाग्री बाँडिएको हो ।

चितवन, गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायत जिल्लाका १५ सय बढी परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि लगायतका सामाग्री बाँडेको केन्द्रका अध्यक्ष केशव पाण्डेले बताए ।

यसैगरी ६ दिन लगाएर गोर्खा, रसुवा, सिन्धुपाल्चोक र मकवानपुरका २२ वटा विद्यालयलाई प्रतिविद्यालय ५ देखि १५ बन्डलको दरले ११ लाख रुयैयाँ बराबरको जस्तापाता सहयोग गरेको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिए ।

यस्तै केन्द्रकै पहलमा रसुवाको बेत्रावतीमा २ क्याम्प स्थापना गरी १२ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।