संविधानसभा बैठक ७ बजेसम्मलाई स्थगित

0 17

१४ असार, काठमाडौं । संविधानसभा बैठक बस्ने समय सरेको छ । दिउँसो तीन बजे बस्ने भनिएको बैठक बेलुकी ७ बजेसम्मका लागि सारिएको हो ।

संविधान मस्यौदा समितिले मस्यौदालाई अन्तिम रुप दिन समय लागेकाले बैठकको समय पनि सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिए ।

संविधानसभामा बैठकमा नयाँ संविधानको मस्यौदा पेस हुने र त्यसपछि जनताको सुझावका लागि पठाउने तयारी गरिएको छ ।

नयाँ संविधानको मस्यौदालाई आइतबार फरक मतसहित मस्यौदा समितिले पारित गरेको थियो । एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बाँकी रहेकाले पनि संविधान सभाको बैठक प्रभावित भएको हो ।