सामाखुसीमा चोरी, शिवपुरी जंगलमा बाँडिचुडी !

0 2

१४ असार, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित जनमिलन सहकारी संस्थाबाट ७ लाख भन्दा धेरै नगद र अन्दाजी ४३ तोला सुनका गरगहना चोर्ने समुहलाई प्रहरीले प्रक्रेको छ ।

भूकम्प आएको मौका पारेर गत वैशाख १३ गते सहकारी संस्थाबाट ७ लाख १७० रुपैयाँ र गहना राखिएको सेफ चोरिएको थियो ।

चोरिएका समानसहित भाल्चे गाविस ९ नुवाकोटका मेकलाल तामाङ, टोखा नगरपालिका ४ झोरका सुनिल तामाङ र प्रगतिनगर ९ कुनाघाट नवलपरासीका बाहुन भन्ने मनिराज काफ्ले पक्राउ परेका छन् ।

सामाखुसीबाट चोरिएको सेफ काठमाडौंको टोखा नगरपालिका २ शिवपुरी जंगलमा फोडिएको र बौडेपानी मुहानको दहमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । उनीहरुले सोही स्थानमा नगद र गरगहना बाँडचुड गरेको बताइएको छ ।

काफ्ले चितवन कारागारमा र सुनिल तामाङ हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेको प्रहरीले जनाएको छ ।