अतिक्रमण गरेको ९६ रोपनी जग्गा भारतले फिर्ता गर्‍यो

0 4

१४ असार, काठमाडौं । भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ । ८३ र ८४ नम्बर सीमास्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात ९६ रोपनी नेपालको जमिन विधिवत रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो ।

 

नेपाल र भारतबीच मूख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानीलगायत पर्छन् ।

ठोरी गाविसमा पर्ने ती दुई सीमास्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाड्न भारतीय पक्ष राजी भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको जानकारी नापी विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

हस्ताक्षर भएअनुसार ठोरीमा पहिला भएकै स्थानमा नयाँ दुईवटा सीमास्तम्भ गाडिएको छ ।