निःशुल्क औषधि वितरणको ग्यारेन्टी गर्न सर्वोच्चको आदेश

0 5

१४ असार, काठमाडौं । सर्वोच्चले निजी कम्पनीलाई अस्पताल हातामा फार्मेसी खोल्न नदिन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । अस्पतालमा आफ्नो फार्मेसी सञ्चालन गरी सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने सर्वोच्चको आदेश रहेको नयाँ पत्रिकामा खबर छ ।

न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र दीपकराज जोशीको संयूक्त इजलासले निःशुल्क औषधि वितरणको ग्यारेन्टी गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका नाममा आदेश जारी गरेको हो । २५ कात्तिक ०७० मा सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न घोषणा गरेको थियो । तर, हालसम्म पनि कार्यान्वयन भएको छैन् ।

सर्वोच्चले घोषित निःशुल्क औषधि सबै अस्पतालबाट वितरणको व्यवस्था नभएसम्म निजी कम्पनीलाई फार्मेसी खोल्न नदिन आदेश दिएको हो ।