जमिम हत्याका योजनाकार चन्दलाई प्रहरीले सार्वजनिक गरेन

0 3
काठमाडौं : सञ्चार उद्यमी जमिम शाहको हत्याका मूख्य योजनाकार पूर्वडिएस्पी जगदीश चन्दलाई सार्वजनिक नगरी प्रहरीले अदालत लगेको छ ।

शनिबार साँझ ७ बजे नयाँ बानेश्वरबाट पक्राउ परेका चन्दलाई सार्वजनिक गर्ने भन्दै अपराध महाशाखाले पत्रकारलाई आइतबार दिउँसो बोलाएको थियो ।

जमिमका हत्याका योजनाकार चन्दलाई महानगरीय प्रहरी आयुक्त एआईजीपी विज्ञानराज शर्माको दबाब अपराध महाशाखाले सार्वजनिक नगरेको हो ।

आयुक्त शर्माले महाशाखाका प्रहरी अधिकृतहरुलाई रानीपोखरीस्थित कार्यालयमा बोलाएर चन्दलाई पत्रकारमाझ सार्वजनिक नगर्न दबाब दिएको स्रोतले जनाएको छ ।

सानातिना चोरीमा संलग्न अभियुक्तहरुलाई पत्रकार बोलाएर सार्वजनिक गर्दै आएको महाशाखाले हत्याजस्तो गम्भीर घटनामा मुछिएका चन्दलार्इ महानगरीय आयुक्तको कार्यालयको दबाबकै कारण सार्वजनिक नगरेको हो ।

महाशाखाले चन्दलाई पक्राउ गरिएको विवरणसहितको विज्ञप्तीमात्र पत्रकारहरुलाई बाँडेको छ । चन्दलाई आइतबारै काठमाडौं जिल्ला अदालतमा हाजिर गराएर थुनछेकको बहस थालिने भएको छ ।

पक्राउ परेका चन्दबारे प्रहरीले यसो भन्यो
-Source: Annapurna Post