भजन मण्डल बस्ने कुपण्डोलको घरबाट ठूलो मात्रामा लागुऔषध बरामद

0 4

पर्सा, असार १३ – ललितपुर उपमहानगरपालिका–१ कोपुण्डोल भजन मण्डल बस्ने रुकमणी श्रेष्ठको घरबाट पनि ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ ।

श्रेष्ठको घरबाट लागू औषध १ सय ५० थान जाईगा पान, १ सय ५२ थान थेरागन,१ सय ४६ थान नुथिन, ६० हजार रुपैयाको हिमालयन बैङ्कको चेक, जिबन दिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६० हजार रुपैयाको चेक र नगद २ हजार रुपैया प्रहरीले शनिबार फेला पारी बरामद गरेको हो ।

उनको घरमा अबैध रुपमा लागू औषध लुकाई छिपाई राखेको भत्रे सुराकीको आधारमा लागू औषध ब्युरो र प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्दा उक्त परिणामको लागू औषध फेला पारी नियन्त्रणमा लिएको थियो । फरार रुकमणीको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै, ठूलो मात्रामा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम चम्पारण बस्ने ४० बर्षीया आशा कुवर र बिहिया भोजपुर जिल्ला बल्करोड बस्ने २५ बर्षीय अशोक कुमार नलेवाटलाई प्रहरीले लागू औषध ७८ केजी गाँजा सहित शनिबार पक्राउ परेका हुन् ।

बिरगंज उपमहानगरपालिका–१९ स्थितमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको युपी­८५क्यु­०१३३ नंबरको कारलाई चेक जाँच गर्दा सिट मुनी लुकाई राखेको उक्त परिणमको लागू औषध फेला परेको थियो । प्रहरीले दुवै जनालाई गाडी सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङ्ग भुमिस्थान­६ सिम्ले स्थित पृथ्बी लोक मार्गमा प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको १७ के.जी लागू औषध चरेस आइतबार बरामद गरेको छ ।