साढे तीन लाख बालबालिकाको पाखुरा नापिँदै

0 5

१३ असार, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ६ महिनादेखि पाँच वर्ष उमेर समूहका सबै बालबालिकाको पाखुराको नाप लिने भएको छ । बालबालिकाको पोषण अवस्था जानकारी लिन पाखुराको नाप लिन लागेको नयाँ पत्रिकामा खबर छ ।

प्रभावित जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको संख्या तीन लाख ६२ हजार छ । भूकम्प प्रभावित जिल्लाका बालबालिकाको पोषण अवस्थामा नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले आइतबारदेखि एक साताका लागि बाल पोषण सप्ताह अभियान चलाउँदै छ ।
विभिन्न गैरसरकारी संस्थाको सहयोग गर्न लागिएको अभियानमा करिब १० हजार महिला स्वास्थ्य स्वयंसेविका, चार हजार स्वास्थ्यकर्मी र नौ सय गैरसरकारी संस्थाका सहयोगी परिचालित हुनेछन ।
प्रभावित क्षेत्रका हरेक घरमा पुगेर उनीहरुले बालबालिकाका सबै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य तथा पोषण अवस्थाको समेत जानकारी लिनेछन् ।

 

-Source:Onlinekhabar