दुई माओवादी एकीकरण टर्‍यो

0 3

१३ असार, काठमाडौं । संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले दुई माओवादीको एकता प्रक्रिया बिथोलिएको छ । पटक पटकको छलफलपछि पार्टी एकताको नजिक पुगेका एकीकृत माओवादी र नेकपा-माओवादी फेरि टाढिएका छन् ।

संयुक्त वार्ता समिति बनाएर उनीहरुले एकताका लागि एजेन्डामाथि छलफल थालिसकेका थिए । तर, १६ बुँदे सहमतिले एकताको ‘कोर्स’ कम्तीमा पनि नयाँ संविधानको टुंगो नलागेसम्मका लागि टरेको दुवै पार्टीका नेताहरुको बुझाइ रहेको नयाँ पत्रिकामा खबर छ ।

नेकपा- माओवादी अध्यक्ष मोहन बैद्य किरणले पत्रकार सम्मेलन नै गरेर एमाआवादीसँगको एकता पक्रिया भाँडिएको घोषणा गरिसकेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले भने एकता भाँडियो भन्ने निष्कर्षमा पुग्नु गलत हुने टिप्पणी गरेका छन् ।