सन्नीको सम्बन्ध अझै सेक्स साइट र यौन व्यवसायमा !

0 4

मुम्बई । पोर्नस्टारबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोन पछिल्लो समयमा पोर्न साइटहरुसँग पुरानो सम्बन्ध कायम रहेको भन्दे विवाद र आलोचनाको पात्र बन्ने गरेकी छन् ।

यसै सन्दर्भमा सन् २०१२ मा आएको फिल्म ‘जिस्म’ मा बलिउडमा प्रवेश गरेकी सन्नी अझै एक सेक्स टोय उत्पादन गर्ने कम्पनी ‘आइएमबेर्शम’ को ब्राण्ड एम्बेसडरको रुपमा जोडिएको तथ्य बाहिर आएको छ ।

बलिउडमा आउनुअघि पनि एम्बेसडर रहेकी सन्नीले पछिल्लो समयमा आफूले शरीर प्रदर्शन गरेर नभई अभिनयका कारण फिल्म चलाउन चाहेको बताएकी थिइन् ।

उनले आफ्नो अहिले कुनै पोर्न उद्योगसँग सम्बन्ध नरहेको पनि स्पष्ट पारेकी थिइन् । बलिउडमा आउनुभन्दा पहिले उनले यो कम्पनीबाट १० हजार डलर लिने गर्थिन ।

पछिल्लो समयमा बलिउडमा सफलता पाएपछि उनले उक्त सम्झौता नविकरण गरेको र अब २ करोड भारतीय रुपैया बराबर लिने गरेको भारतीय मिडियाको दावी छ ।