भाग्यमानी ऋतुले जिते एक लाख

0 3
काठमाडौं : रेडबुलले ल्याएको प्रवद्र्धनात्मक योजना ‘रेडबुल क्यासफुल’ अन्तर्गत ललितपुर थेचोका ऋतुराज महर्जनले एक लाख रुपैयाँ हात पारेका छन्।
यस योजनाअन्तर्गत हालसम्म १५ जनाले एकएक लाख रुपैयाँ पाइसकेका छन्।
देशभरका ३५ सयभन्दा बढी भाग्यशाली विजेताले एक हजार, दुई हजार, पाँच हजार, १० हजार र २० हजार पाइसकेको कम्पनीले जानकारी दिएको छ।
‘सुरुमा त मलाई विश्वास नै लागेन, एकछिन त म अचम्ममा परें, झन्डै बेहोस नै भएँ।
तर जब एक लाख पाएँ एकदम खुसी लाग्यो। म सबैलाई रेडबुल नै पिउने सल्लाह दिन्छु’, पुरस्कार रकम पाएपछि थेचोका महर्जनले भने।
क्यासफुल योजनामा उपभोक्ताले रेडबुल क्यानको पुलअफ रिङमुनि अंकित गरिएको नगद एक हजार, दुई हजार, पाँच हजार,१० हजार र २० हजार जित्न सक्नेछन्।
शक्तिवद्र्धक पेय रेडबुलले विभिन्न खेलकुद, साहसिक गतिविधिलाई पनि प्रायोजन गर्दै आएको छ।
रेडबुल नेपालमा दुई सय ५० एमएलको सुनौलो क्यानमा उपलब्ध छ।
गोर्खा ब्रुअरी प्रालिको सहायक कम्पनी जीबी मार्केटिङ प्रालिले यसको बिक्रीवितरण तथा प्रवद्र्धन गर्दै आएको छ।