पहिरोले पासाङ ल्हामुमार्ग अवरुद्ध

0 6
रसुवा सदरमुकाम धुन्चेसँग सडक सम्पर्क टुट्यो
नुवाकोट : अविरल वर्षातपछिको झरेको पहिरोले रसुवामा पासाङल्हामु मार्ग अवरुद्ध भएको छ । वर्षातपछि पहिरो  झर्दा सो सडक मार्गको त्रिशूली–धुन्चे सडकमार्ग शनिबारदेखि अवरुद्ध हुँदा रसुवाको सदरमुकाम धुन्चे यातायातबाट सम्पर्कविच्छेद भएको छ ।

पहिरोले यातायात अवरुद्ध भएपछि धुन्चेलगायत हिमाली क्षेत्रका १० गाविसका सर्वसाधारण समस्यामा परेका छन् ।

अविरल वर्षातसँगै पासाङल्हामु सडक मार्गको ४५ किलोमिटर दुरीको त्रिशूली–धुन्चे खण्डको वीचमा रहेको राम्चेदेखि धुन्चेसम्म सानाठलासहित आठ वटा पहिरो झरेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

सो मार्गको ग्राङ, मुलखर्क, भीमलीमा ठुलो पहिरो गएको छ । सडकसमेत पहिरोले बगाएको छ । रसुवाको राम्चे, धुन्चे, स्याफ्रु, गोल्जुङ, गत्लाङ, वृद्धिम, टिमुरे, लाङटाङ, थुमन र हाकु गाविसका दशौं हजार सर्वसाधारण प्रभमवित भएका छन् ।

प्रजिअ गेलालका अनुसार ग्राङनजिकै स्काभेटरबाट पहिरो पन्छाउन सुरु गरिएको छ । तर, निरन्तर वर्षात भइरहेकाले बाटो खुलाउन कठिन भएको उनको भनाइ छ ।

– Source: Annapurna Post