धादिङको गजुरीमा पहिरो, २५ जना सम्पर्क बाहिर गाउँवासी उद्धारको प्रतीक्षामा – See more at: http://www.nayapage.com/18194#sthash.18LgLAP6.dpuf

0 6

गजुरी (धादिङ) : उत्तरी धादिङको लापा गाविसस्थित तीर गाउँमा अविरल वर्षापछि पहिरो गएको छ । भूकम्पले गर्दा चिरा चिरा परेको गाउँमा पहिरो गएपछि केही गाउँले पहिरो पारि भएकाले घर जान नसकेको सोही गाउँका दावा तामाङले जानकारी दिए ।

फाइल तस्बीर ।

गाउँमाथिबाट पहिरो आएकाले मेलामा गएका २५ महिला शुक्रबारदेखि सम्पर्कमा आउन सकेका छैनन् भने एउटा गाउँबाट अर्कामा समेत सम्पर्क हुन नसकेको टेलिफोनबाट तामाङले जानकारी दिए । पहिराले केही पशु चौपाया मरेको जानकारी दिइएको छ । गाउँमा पहिरोपछि गाउँवासी उद्धारको प्रतीक्षामा रहेको तामाङको भनाइ छ ।