खोलाले बगाउदा बालिकाको मृत्यु

0 2

१२ असार, मकवानपुर । वर्षासँगै खोलामा आएको बाढीले बगाएर मकवानपुरमा एक बालिकाको ज्यान गएको छ । हेटौडा २८ मिलन टोल बस्ने  ११ वर्षकी सुष्मा थोकरको खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

जगंलमा च्याउ टिपेर घर फर्कदै गरेकी थोकरलाई शुक्रबार स्थानीय डाङडुङे खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङले लागेर एकको मृत्यु

यसैबीच वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर भार्ता गाविस वडा नं. ८ कामीडाँडा का ४० वर्षका बुद्धिबहादुर चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बसिरहेका चेपाङको चट्याङ लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङले लागेर उनकी श्रीमती ३५ वर्षकी  माईलीमाया चेपाङ घाईते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि घर फर्काइउको छ ।