केटी साथीको अश्लिल भिडियो बनाई चरित्र हत्या गर्ने पक्राउ

0 6
काठमाडौं: केटी साथीको अश्लिल भिडियो बनाई चरित्र हत्या गर्ने एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
आफुले भने जस्तो गर्न नमानेपछि केटी साथीको अश्लिल भिडियो इन्टरनेट मार्फत सार्बजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
बिभिन्न अश्लिल वेबसाईटमा भिडियो पोष्ट गरी चरित्र हत्या गरी मानसिक यातना दिने भारत दार्जलिङ्ग घर भई हाल काठमाण्डौ  गोगंबु बस्ने बर्ष २९ का बरुण थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
विहीबार टोखा नगरपालिका १२ गोगंबुबाट पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागी आजै महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले बताएको छ ।