चरी बाघको दुई थान छालासहित तीन पक्राउ

0 10

दार्चुला, असार ११ – चरी बाघको दुई थान छालासहित प्रहरीले तिंकर र छाङ्गरुमा तीन जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार सदरमुकाम ल्याएर सार्वजनीक गरिएको हो ।

प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा तिंकरमा २ जना र छाङ्गरुमा एक जना पक्राउ परेको जिल्ला प्रहरी दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा व्यास वडा नं ४ का ६८ वर्षीय उदय सिंह बोहरा, अपी नगरपालीका ११ का २६ वर्षीय सुरमीन थापा र हेक्का गाविस १ हुम्लाका २८ वर्षीय केमनाई तामाङ रहेका छन् । उनीहरुबाट प्रहरी बरामद गरेको छालाको लम्बाई २.९ फित र दोस्रो थानको २.५ फिट रहेको प्रहरीले जनाए ।