उत्तेजक तस्वीरले भाग्य चम्काएका नायिकाहरु

0 3

मुम्बई । ‘जिन्दगी ५०-५०’ रिलिज हुने बेलामा पाकिस्तानी नायिका विना मलिकको एउटा तस्बिर सार्वजनिक भयो । छाति खुल्ला राखेकी विनाले टुपीसमा फोटोग्राफरलाई पोज दिएकी थिईन् ।

उक्त तस्बिरले उनको करिअर उठ्यो उठेन समिक्षा पछि होला तर, चर्चा भने निकै पाईन् । चर्चामा आउनकै लागि क्यामेरा अगाडी सेक्सी पोज दिने विना एक्ली नायिका होईनन् । हलिउड र बलिउडमा यस्ता धेरै छन् । जो चर्चामा आउनकै लागि क्यामेराको अगाडी नाङ्गै उभिन पनि लजाउदैनन् ।

विनासित्ति चर्चामा आउनका लागि सेक्सी फोटो खिचाउने नायिकाको वारेमा टाइम्स अफ इण्डियाले लामै सूची तयार पारेको छ । हेरौं को-को रहेछन् यसरी पोज दिनेः
मराठी नायिका एवं मोडल नीकिता गोखालेको तस्बिरले पनि राम्रै चर्चा पाएको थियो । प्लेब्वाई म्यागजिनको स्टाईलमा तस्बिर खिचाएकी नीकिताको पनि उदेश्य चर्चामा आउनु नै थियो ।

sherlyn

अर्की भारतीय मोडल शर्लिन चोपडा त चर्चामा आउनका लागि उत्तेजक भंगीमामा पटक-पटक उभिएकी छिन् क्यामेराको अगाडी । प्लेब्वाई म्यगजिनमा तस्बिर छपाउने पहिलो भारतीय नायिका शर्लिन यस्ता पोजलाई स्वभाविक मान्छिन् ।

एउटै चलचित्रमा १७ पटक लिप किस सिन दिने मल्लिका शेरावतका पनि धेरै तस्विरले चर्चा पाएको छ । केही हलिउड प्रोजेक्टमा समेत काम गरेकी मल्लिकाले टुपीसमा धेरै फोटोसुट गराएकी छिन् ।

कश्मिरा शाह

केही म्युजिक भिडियोमा मोडलिङ गरेकी भारतीय मोडल कश्मिरा शाहले एउटा क्यालेण्डरका लागि न्युड तस्बिर खिचाएकी थिईन् । म्युजिक भिडियोमा बोल्ड भएर प्रस्तुत हुने कश्मिरा यो शैलिका फोटोसुटमा सौखिन छिन् ।

गुजराती नायिका मेघना पट्टेलले पनि हलिउड नायिकालाई बिर्साउने पोज दिएकी छिन् । हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोष्टर लिएर टु-पीसमा पोज दिएकी मेघनाले राम्रै चर्चा पाएकी थिईन् ।

मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी रोजलिन खानले सन् २०१३ मा इण्डियन पि्रमियर लिग -आईपीएल) क्रिकेट चलिरहेको बेला न्युड पोज दिएकी थिईन् ।
रियालीटी सो स्टार किम कादार्शिनीको त तस्बिरको चर्चा कति हो कति । सेक्सी फिगरकै कारण विश्व चर्चित भएकी किमको बक्षस्थल छोपेको तस्बिरले निकै चर्चा पायो ।

बलिउड प्रवेशको क्रममा सन्नी लियोनीले दिएको टु-पीस पोजले पनि निकै चर्चा पायो । पुरानी नायिका दिप्ती भट्टनगरले कण्डमको मोडलिङ गर्ने क्रममा खिचाएको कामुक तस्विरले तत्कालीन समयमा चर्चा पाएको थियो ।

sunny-penty

अर्की सुपर मोडल मधु सप्रेले पनि सन् १९९५ मा मिलिन्द सोमनसंग न्युड पोज दिएकी थिईन् । हलिउड मोडल कोको ट्रेट्सले फ्यानका लागि भन्दै स्वीमीङ पुलको छेउमा उभिएर पोज दिईन् । उक्त तस्बिरकै कारण सामाजिक सञ्जालमा उनका प्रसंसक बढेका थिए ।

अष्टे्रलियन पप गायिका आइसा सागरले पनि चर्चामा आउनका लागि टु-पीसकै सहारा लिन पर्‍यो । गोल्डकोष्टको सद्भावना दूत समेत रहेकी आईसाले स्वीमीङ पुल छेउमै पोज दिएकी थिईन् ।

 

You might also like More from author