विद्यार्थीहरुले बनाए अनौठो स्मार्ट कण्डम, यौनरोग संक्रमण हुँदा चम्किने

0 11
तीन घन्टादेखि पृथ्वीराजमार्ग ठप्प
गोरखा : काठमाडौंबाट मुग्लिन जाँदै गरेको माइक्रोबसको ठक्करबाट बालकको मृत्यु भएको छ । बालकको ज्यान गएपछि मृतकका आफन्त पृथ्वी राजमार्ग अवरुद्ध गरेर आन्दोलित भएका छन् ।

बा ३ ख २३९० नम्बरको माइक्रोबसले शुक्रबार दिउँसो दारेचोक गाविस–८ कुरिनटारका नौ वर्षे समीर चेपाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको थियो ।

सवारी चालकलाई कारबाही र मृतकका आफन्तलाई राहत माग गर्दै स्थानीयले तीन घन्टादेखि पृथ्वी राजमार्ग अबरोध गरेको चितवन प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा हजारौं यात्रु पृथ्वी राजमार्गमा अलपत्र छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिर जाने र काठमाडौं आउने सयौं सवारीसाधनका हजारौं यात्रु सडकमै अलपत्र परेका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरेपनि मृतकका आफन्तले माग पूरा गर्नुपर्ने अडान लिएका छन् ।


सडक अवरुद्ध हुँदा जाममा परेका यात्रु बस

– Source: Annapurna Post