लागु औषध नियन्त्रणका लागि विशेष तालिम

June 26 2015 10:17
काठमाडौ : लागु औषध नियन्त्रण ब्यूरोले लागु औषध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा अनुशिक्षण कार्यक्रम सुरु गरेको छ।
ब्यूरोले लागु औषध नियन्त्रणमा खटिने आफ्ना प्रहरी कर्मचारीको कार्यक्षमता र अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सुरु गरेको हो।
तीन दिन सम्म चल्ने अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) सुरेन्द्र शाहले लागु औषध कारोवारीमा संलग्न व्यक्तिहरुको जालो नष्ट नगरे सम्म अनुसन्धान पुरा नहुने बताए । एआइजी शाहले भने,’ अहिले सम्म धेरै जसो लागु औषध कारोवारीका भरिया मात्र पक्राउ परिरहेका छन । अब लागु औषध कारोवाहीमा संलग्न जालो नै नष्ट गर्नुपर्छ।’
शाहले रुकुम, सल्यान लगायतका पहाडी जिल्लामा समेत अफिमको खेती लगाउने क्रम बढ्नु दु :खद भएको बताए । ‘ तराइका जिल्लाहरु लागु औषध कारोवारीबाट आक्रान्त त थियो नै, एआइजी शाहले भने,’ पहाडी जिल्लाहरुमा समेत अफिमको खेती लगाउनुले अनुसन्धानमा थप चुनौती वढेको छ । ब्यूरो प्रमुख नायव महानिरीक्षक(डिआइजी) केशरीराज घिमिरेले सिमित स्रोत साधनका बावजूद पनि लागु औषध नियन्त्रण गर्न ब्यूरोले अथक प्रयास गरिरहेको बताए।
 डिआइजी घिमिरेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भारतीय सीमासॅग जोडिएका नाका, उपत्यका र वाहिरी जिल्लामा लागु औधष कारोवारीको पहिचान गर्ने क्रम निरन्तर चलेको बताए । उनले आफ्ना छोरा छोरीलाइ लागु औधष दुव्र्यसनबाट जोगाउन अभिभावकहरु पनि उतिकै सचेत हुनु पर्ने बताए ।
गृहमन्त्रालयका उपसचिव फडिन्द्रमणी पोख्रेलले लागु औषध कारोवारीमा संलग्नहरुको पहिचान गर्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ड्रग्स डिटेक्सन गर्ने अत्याधुनिक प्रविधीको मेसिन राख्ने तयारी भइरहेको बताए । ब्यूरोले आफ्ना २५ जना प्रहरी कर्मचारीलाई लागु औषध पहिचान, लागु औषध अपराधको वर्तमान अवस्था र त्यसबाट सिर्जित हुने विभिन्न रोगहरुका बारेमा प्रशिक्षण दिने छ।
सो अवसरमा एआइजी शाहले शुक्रबार ब्यूरोबाट प्रकाशित एनसिबी म्यागजिन बिमोचन गरेका थिए।गृह मन्त्रालयले प्रत्येक वर्ष देशव्यापीरुपमा लागु औषध ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाउदै आए पनि यस वर्ष विपत्ती परेकाले कुनै औपचारिक कार्यक्रम गरेन।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top