काठमाडौंमा भूकम्पको धक्का महसुस

0 9

काठमाडौं : बिहीबार राति काठमाडौं उपत्यका भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । बुधबार दिउँसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएयता बिहीबार राति अर्को भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्काले काठमाडौं उपत्यका र आसपासका बासिन्दा त्रसित भएका थिए । – See more at: