दिउँसै होटलमा आपत्तिजनक अवस्थामा भेटिएका आठ जोडी पक्राउ

0 6

झापा : झापाको बिर्तामोडबाट प्रहरीले आज अपराह्न आपत्तिजनक अवस्थामा १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

झापामा सञ्चालित होटलमा पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोडमा सञ्चालित २५ भन्दा बढी होटलमा एकैपटक छापा मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिए ।

प्रहरीले छापा मारेका सबैजसो होटलमा यौनजन्य गतिविधिमा संलग्न रहेको पाइएकाले होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि नाम भने सार्वजनिक गरेको छैन ।