इंग्ल्याण्ड भ्रमणमा नेपालको हार

0 5

१० असार, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीमा इंग्ल्याण्ड भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।

बिहीबार भएको खेलमा नेपाल मिडिलसेक्स क्रिकेट क्लबको दोस्रो ११ टोलीसँग १४ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको मिडिलसेक्सले २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो । उसका लागि बालबेर्नीले ४५ बलमा ७२ रन बनाए ।

Nepal-Vs-Middlesex (3)

नेपालका जितेन्द्र मुखिया २ र सोमपाल कामीले १ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको नेपालले ७ विकेट गुमाएर ५३ रन बनयो । नेपालको सुरुवात निकै खराव थियो । ओपनिङ जोडीमा सुवास खकुरेल र सागर पुन थिए ।

तर, सागर पहिलो ओभरको अन्तिम बलमा नै शुन्य रनमा आउट भए । दोस्रो विकेटका लागि सुवास र ज्ञोनन्द्र मल्लले ६९ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्ल ४१ रनमा आउट भए । थप एक रन जोड्दा कप्तान पारस खड्का पनि आउट भए ।

Nepal-Vs-Middlesex (1)

चौथो विकेटका लागि सुवाससँग ५३ रनको साझेदारी गरेका शरद भेसवाकरले ब्यक्तिगत ३२ रन बनाए । प्रदिप ऐरी मात्र १ रनमा आउट भए । छैटौं विकेटका रुपमा सुवास आउट भए, जतिबेला नेपालको स्कोर १३८ रन थियो भने ८ बल खेल्न बाँकी थियो ।

५६ बलको सामनमा गरेका उनले ४६ रन बनाए । थप ७ रन जोड्दा बसन्त रेग्मी ७ रनमा आउट भए ।  राजेश पुलामी १७ र करण केसी १ रनमा अविजित रहे ।

Nepal-Vs-Middlesex (5)

Nepal-Vs-Middlesex (4)