यस्तो फुटबल खेल, जहाँ खेलाडी कुट्न पाइन्छ (भिडियो)

0 11
इटाली: विश्व फुटबल महासंघको नियमानुसार फुटबल खेल्दा नियतवश चोट लाग्नेगरी खेलेको रेफ्रीले देखे खेलाडीलाई तत्कालै मैदानमै कारबाही गरिन्छ । तर, इटालीमा हुने फुटबलमा भने खेलाडीले खेल जित्न प्रतिस्पर्धी खेलाडीलाई मुक्का र लात्ती हान्दै कुस्तीसमेत खेल्न पाउँछन् ।
इटालीको फ्लोरिन्स शहरमा जुन महिनामा हुने ऐतिहासिक प्रतियोगिता सन् १५७३ मा राजा हेनरी तेश्रोले सुरु गरेका थिए ।  २७ जना खेलाडी हुने सो प्रतियोगितामा जितको लागि जस्तोसुकै हर्कत गर्न पनि खेलाडीलाई छुट हुने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
शारीरिक सुगठन र कुस्ती खेल्ने सीप र क्षमता भएका प्रशिक्षित खेलाडीले मात्र भाग लिन पाउने फुटबल प्रतियोगितामा ब्रेकविना लगातार ५० मिनेटसम्म खेल्नुपर्ने हुन्छ ।

यदि खेलाडी सख्त घाइते भएको खण्डमा भने खेलमैदानमै उपचारको व्यवस्था गरिएको हुन्छ ।

सो खेलको अर्को रोक पक्ष भनेको हातले बल बोकेर पनि गोल गर्न पाइन्छ । यो खेलमा ४ जना गोलकिपर बस्न पाउँछन् । उनीहरुको काम भनेको फुटबल लिएर आउने खेलाडीलाई मुक्का प्रहार गर्नु हो ।

मुक्का प्रहार गर्दा पनि विपक्षी खेलाडीले बल नरोके किपरलार्इ कुस्ती खेलेर गोल गर्न नदिने छुट छ । इटालीमा हालै सम्पन्न फुटबल प्रतियोगिताको झलक फोटोमा हेर्नुहोस् :

भिडियो हेर्नुस् :