श्रीकृष्णको अन्तिम फिल्म अवार्डबाट टाढा

0 9

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ले एनएफडीसी राष्ट्रिय फिल्म पुरस्कारमा सहभागी नहुने बताएको छ । निर्माता चन्द्र शर्माले विज्ञप्ती जारी गरेरै आयोजकसँग सहमती गरेर अवार्डबाट बाहिरिएको बताएका हुन् ।

 

१७ विधा मध्ये कुल ३ विधामा मात्र नोमिनेशनमा परेपछि कोहिनुरको निर्माणपक्ष आयोजकसँग चिढिएको थियो ।  जारी विज्ञप्तीमा दर्ता प्रक्रियामा चित नुबझेकोले  ‘कोहिनूर’लाई अवार्डमा समावेश गराइएको लेखिएको छ । अवार्डको प्रतिस्पर्धाबाट बाहिर निस्कने आग्रहलाई आयोजकले स्विकार गरेको निर्माताले बताएका छन् ।

 
अवार्डबाट बाहिरिएको यो फिल्म भोली शुक्रबारबाट काठमाण्डौका हलमा पुनः लाग्ने भएको छ । यसमध्ये निर्माताको भागमा परेको शेयर रकमको ५० प्रतिशत स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको नाममा खोलिएको श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानलाई वुझाइनेछ