सम्मेलनमा व्यक्त भावनाबाट उत्साहित छु : अर्थमन्त्री

0 8

काठमाडौँ : अर्थमन्त्री डा रामशरण महतले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले नेपाल र नेपाली अझ सबल र सक्षम नेपाल निर्माणमा उत्साहित बनाएको बताएका छन् ।

सोल्टी होटलमा बिहिबार सुरु भएको सम्मेलनको उद्घाटनसत्रको समापनपछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै महतले भने, ‘सम्मेलनमा प्रतिबिम्बित भावना सकारात्मक रहेको छ । यो भावनाले भूकम्पबाट क्षति भएको नेपालको पुनःनिर्माणका लागि थप उत्साहित बनाएको छ ।’

अर्थमन्त्री महतले पुनःनिर्माणका लागि दाता राष्ट्रबाट उपलब्ध हुने सहयोगलाई पारदर्शी र प्रभावकारी बनाउने पनि विश्वास दिलाए।