पोखरामा भूवनले भने-सबैको पैसा तिरेर फर्किन्छु’

0 2

पोखराको ‘पिस फूल’ होटलको बिल नतिरेको भनी आएको समाचारमा नायक भूवन केसीले पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका छन् । आज बिहान पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै भूवनले सबैको रकम तिर्ने बताएका हुन् ।

उनले आफूमाथि बिल नतिरेको आरोपलाई झुट र निराधार भनेका छन् । अहिलेको अवस्थामा नेपाली चलचित्र बनाउनु भनेको फलामाको चिउरा चपाउनु जस्तै भएको भन्दै उनले आफूले बलिउडस्तरको चलचित्र बनाएको दाबी गरे ।

उनले आफूले बनाएका चलचित्र व्यापारिक रुपमा सफल भएको भन्दै यसले समग्र चलचित्र क्षेत्रलाई नै फाइदा पुगेको बताए । भूवनले आफूले छोरा अनमोल केसीलाई लिएर निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’लाई अंग्रेजी सब टाइटल बनाएर विश्वभर रिलिज गर्ने पनि बताए ।

उनले छायांकन सकेर काठमाण्डौ र्फकदै गर्दा आर्थिक पाटोलाई जोडेर आएका समाचारमा दुख व्यक्त गरे । उनले भने-‘हामी होटलबाट बाहिरिएका छैनौ ।

होटलको पैसा त्यहाँबाट बाहिरिएपछि तिर्छौ ।’ उनले सबैको लेनदेन वुझाएर मात्र आफू काठमाण्डौ फर्किने बताए । उनले प्राविधिक उपकरणका सामानहरु पैसा नतिरेर जफत गरिएको भन्दा पनि सुरक्षाका लागि ताला लगाइएको स्पष्ट पारेका छन् ।

भूवनले आफू विदेश नगइकन नेपालमै बसेर नेपाली चलचित्रको सेवा गरिरहेको भन्दै यस्ता कुराले आफूहरुमा नैराश्यता बढ्ने पनि बताए ।

 

You might also like More from author