काठमाडौमा बन्ने भो ६५ भूकम्प प्रतिरोधी घर

0 6

९ असार, काठमाडौं । काठमाडौमा को तारकेश्वर नगरपालिकामा ६५ वटा भूकम्प प्रतिरोधात्मक घर बन्ने भएको छ । भारतको पुणेस्थित ‘वल्र्ड पिस सेन्टर मिट’को सहयोगमा ६५ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गर्न लागिएको हो ।

भूकम्पबाट बढी प्रभावित काठमाडौंको बालाजुस्थित धर्मस्थलीमा घर निर्माणका लागि शिलान्यास गरिएको हो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि बुधवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सिलान्यास गरे । यादव भवन सिलान्यास गर्दै यादवले विपतका बेला सबै एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।

यादवले एक आपसमा सहयोगी भावना विकास गरी काम गरे घर निर्माणमा समय नलाग्ने उल्लेख गरे ।