भीमसमशेरले बनाएको टंगाल दरबारको ईंटा दुईसयमा बिक्री दरबार भत्काउँदै पुराना ईंटा बेच्दै

0 3

९ असार, काठमाडौं । श्री ३ भीमसमशेरले बनाएको टंगाल दरबारको ईंटा खुलेआम बिक्री भइरहेको छ । ईंटा बिक्रीका लागि भन्दै २०० रुपैयाँ प्रतिगोटा भनेर विज्ञापन गरिएको छ ।

‘हाम्रो बजार’मा राखेको विज्ञापनमा भनिएको छ, श्री ३ भीमसमसेरको समयमा वि. स. १९८८ मा निर्मित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेका ईंटाहरु चाहिएमा सम्पर्क गर्नुहोला । प्रतिईंटाको मूल्य रु २०० ।’

विज्ञापनमा १० वटाभन्दा बढी खरिद गर्नेलाई विशेष छुटको समेत अफर दिइएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका धराहराको ईंटाहरु चोरी भइरहेको खबर केही समयअघि अनलाइनखबरले प्रकाशित गरेको थियो ।

हेर्नुहोस् – धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन ! (भिडियोसहित)

Tangal-Darbar

  • ऐतिहासिक टंगाल दरबार

अहिले चन्द्रसमशेरले बनाएको टंगाल दरबारको ईंटा बिक्री भइरहेको छ, जसबाट विनाशकारी भूकम्पमा भत्किएका ऐतिहासिक तथा पुरातात्विक बस्तुहरु संरक्षण गर्न सरकार चुकेको प्रष्ट देखिन्छ ।

ईंटा बिक्री गर्ने राजन श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै आफूले कुनै अवैधानिक काम नगरेको दाबी गरे । उनले भने-दरबार भत्काउन कसैले त्यहाँका सबै सामानसहित ठेक्का लिएका रहेछन् । उनीहरुबाटै हामीले लिएका हौं ।’

श्रेष्ठले आफूसँग झण्डै ५०/६० वटा ईंटा रहेको बताए । उनका अनुसार त्यो दरबार भत्काउँदा त्यहाँ झण्डै ३० हजार त्यस्ता ईंटा निस्कने अनुमान छ । अहिले पनि भत्काएर ईटा निकाल्ने काम भइरहेको छ ।