भूकम्पपछिको एक महिनामा १३ किशोरी बलात्कृत

0 15

९ असार, काठमाडौ । नेपालमा गएको विनाशकारी भूकम्पपछिको एक महिनामा मात्रै १३ जना किशोरी बलात्कृत भएका छन् । गएको जेठ एक महिनामा १३ किशोरी तथा महिलाहरु बलात्कृत भएको सञ्चारिका समूहले जनाएको छ ।

एक महिनाको सञ्चार अनुगमनको क्रममा बलात्कारसम्बन्धी ५४ वटा समाचार सामग्री प्रकाशित भएको समूहले जनाएको छ ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको सञ्चारिका समूहकी बिमला तुम्खेवाले जनाएकी छन् ।

समूहले निकालेको रिपोर्ट अनुसार जेठ महिनामा मात्रै हत्याका १० वटा घटना भएका छन् भने हत्यासम्बन्धी ४२ वटा समाचार सामग्री प्रकाशित भएका छन् । सञ्चारिका समूहले महिला हिंसासम्बन्धी समाचारको अनुगमन गर्दै आएको छ ।