घर हस्तान्तरणमा दुलही जस्ती करिश्मा, ‘वात्सल्या कुटी’ पीडितलाई वुझाइयो

0 8

नायिका करिश्मा मानन्धरको सह-संयोजनमा परम शक्तिपीठले निर्माण गरेका ७५ वटा अस्थायी घरहरु मध्ये करिब ५० वटा घर भूकम्पले पीडित बनेकाहरुलाई हस्तान्तरण गरिएको छ । यस्ता अस्थायी घरको नाम ‘वात्सल्या कुटी’ राखिएको छ ।

काठमाण्डौको धर्मस्थलीस्थित चोगाउँमा निर्माण भएका अस्थायी घर सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको उपस्थितीमा पीडितहरुलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण गर्न पुगेका दर्जन बढी कलाकार र मन्त्रीलाई स्थानियले बाजा बजाएर स्वागत मात्र गरेनन् माला र अबिर लगाएर स्वागत पनि गरेका थिए ।

मन्त्री रिजाल र नायिका करिश्मा मानन्धरलाई भने दुबोको माला तयार पारेर स्थानियले लगाइदिएका थिए । नायिका करिश्मा मानन्धर दुबोको मालामा दुलही जस्तो देखिएकी थिइन् ।
कार्यक्रममा मन्त्री रिजालले कलाकारले गरेको कामको प्रशंसा गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजुकमार राइले कलाकारले विपत्तको बेला पनि साथ दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको बताए ।

कार्यक्रममा नायिका करिश्मा मानन्धरले परम शक्तिपीठकी अधिष्ठात्री परम्पूज्या दिदी माँ साध्वी ऋतंभरालाई प्रशंसा पत्र हस्तान्तरण गरेकी थिइन् । उक्त कार्यक्रममा कलाकारहरु झरना थापा, आकाश अधिकारी, विनोद मानन्धर, दीपाश्री निरौला, दिपकराज गिरी, बाबुराम दाहाल, सरोज खनाल, बसुन्धरा भुषाल, गौरी मल्ल, रमेश उप्रेती, दीलिप रायमाझी, कोमल वली, जितु नेपाल, केदार घिमिरे, प्रकाश सुवेदी उपस्थिती थिए । karisma-mala-lagaudai ghar-haru deepaतस्बिर : उत्सव रसाइली

– See more at: http://www.onlinekhabar.com/2015/06/292002/#sthash.jhLLOBhU.dpuf