उपेन्द्र यादवले गरे भूकम्प प्रतिरोधी घरको शिलान्यास

0 5

काठमाडौं : भूकम्प पीडितका निम्ति ६५ ओटा घर निर्माण हुने भएको छ । यसका लागि विहीबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तार्केश्वर नगरपालिकामा भूकम्प प्रतिरोधात्मक घरको शिलान्यास गरेका छन् ।

शिलान्यास गरिदैं

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विपतका बेला सबै एक भएर अघि बढ्नुपर्ने धारणा राखे । यादवले एकाआपसमा सहयोगी भावना विकास गरी काम गरे घर निर्माणमा समय नलाग्ने बताए । ‘भूकम्पको विपत्का बेलामा केही दलहरु भूकम्पबाट भत्केको घर हैन सरकार बनाउने तिर लागेका छन्’, उनले आरोप लगाए ।

भारतको पुणेस्थित ुवल्र्ड पिस सेन्टर मिटुको सहयोगमा ६५ ओटा भूकम्प प्रतिरोधात्मक घर बन्न लागेको हो । सो शिलान्यास समारोहमा सेन्टरका अध्यक्ष इन्जिनियरिङ टोलीसहित तार्केश्वर नगरपालिका आएका छन् । घर निर्माणको कार्य तत्कालै सुरु गरिनेछ ।भूकम्पबाट बढी प्रभावित काठमाडौंको बालाजुस्थित धर्मस्थलीमा घर निर्माणका लागि शिलान्यास गरिएको हो

11650856_10205777150201744_329373057_n