अघि अघि कुकुर, पछि पछि दाता ! (फोटोकथा) भूकम्पग्रस्त क्षेत्रमा दाता सम्मेलनका पाहुना

0 12

९ असार, काठमाडौं । दाता सम्मेलनमा सहभागी हुन नेपाल आएका विभिन्न देशका प्रतिनिधिहरुलाई बुधबार भूकम्पबाट क्षतिग्रस्त काठमाडौंका ऐतिहासिक क्षेत्रहरुमा भ्रमण गराइएको छ ।

उनीहरुलाई काठमाडौंको बसन्तपुर, हनुमानढोका, कुमारी घर, दरबार क्षेत्र तथा साँखुको स्थलगत अवलोकन भ्रमण गराइएको हो । भूकम्पले  क्षतिग्रस्त संरचनाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे पनि जानकारी गराइएको थियो ।

स्थलगत अवलोकन भ्रमणमा भारत, पाकिस्तान, बंगलादेश, जापान, श्रीलंकालगायत देशका प्रतिनिधि थिए । उनीहरुले सेतो हेलमेट र सुन्तला रंगको चम्किलो हाफ ज्याकेट लगाएका थिए ।

visiting basantapur (10)

अवलोकन भ्रमण गराउँदा वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । तालिम प्राप्त कुकुरसमेत सो क्षेत्रमा परिचालन गरिएको थियो ।
दाता सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई भूकम्पले क्षतिग्रस्त संरचना देखाउने सरकारले यसअघि नै निर्णय गरेको थियो ।

visiting basantapur (12)

visiting basantapur (11)

visiting basantapur (9)

visiting basantapur (8)

visiting basantapur (7)

visiting basantapur (6)

visiting basantapur (3)

 source:onlinekhabar