रसुवागढी नाका खुल्ने अनिश्‍चित

0 3
त्रिशूली(नुवाकोट) : विनाशकारी भूकम्पका कारण दुई महिनादेखि बन्द रसुवागढी नाका सञ्चालनमा चीनतर्फको पहिरो बाधक भएको छ। यो नेपाल चीन प्रवेशको दोस्रो ठूलो तथा छोटो व्यापारिक नाका हो।
नाका सञ्चालनको लागि रसुवाको टिमुरेमा घर भाडामा लिइए पनि रसुवागढी-केरुङ सडकमार्गमा पहिरो गएका कारण सञ्चालन अनिश्चित भएको हो।
यस क्षेत्रमा आयात-निर्यात बन्द भएको छ। भूकम्पले सडक माथिबाट पहिरो गएरका कारण यहाँको आवातजावत समेत ठप्प छ।
भन्सार कार्यालय सञ्चालका लागि रसुवागढीको भोटेकोसी किनारबाट तीन किलोमिटर दक्षिणमा रहेको टिमुरेमा घर भाडामा लिइसकिएको छ।
केरुङतर्फ सडकमा खसेको पहिरो खुलाउन समय लागेकाले नाका सञ्चालनमा नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। अझै नाका सञ्चालनको निश्चित छैन।
नाका सञ्चालनको लागि रसुवाको टिमुरेमा घर भाडामा लिइए पनि रसुवागढी-केरुङ सडकमार्गमा पहिरो गएका कारण सञ्चालन अनिश्चित भएको हो।
रसुवागढी नाका टिमुरे गाविस १ भोटेकोसी नदी किनारामा छ। यहाँ जान १५ दशमलव ६ किलोमिटर लामो स्याप्रुल्वेशी-रसुवागढी सडक मार्गमा ट्रयाक खोलिए पनि चीनतर्फ पहिरो पन्छाउने काम भइरहेकोले बाटो बन्द भएको हो।
रसुवागढी नाका गत मंसिरमा दुई देशबीच सहमति भएर विधिवत रूपमा सञ्चालनमा आएको थियो।
भूकम्पले खसेको पहिरोमा परी रसुवागढी भन्सारका दुई कर्मचारीको मृत्यु भएको थियो भने दुई जना अझै वेपत्ता छन्।
नाकामा पहिरो जाँदा सामान लिएर त्यहाँ पुगेका १० कन्टेनर पुरिएर १३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको नेपाल चीन उद्योग व्यापार संघले जनाएको छ। नाका सञ्चालन गरी व्यापार सामान्य बनाउन सरकारले सहुलियत ऋण दिनुपर्ने माग शंका अध्यक्ष मानबहादुर तामाङको छ।
सुवागढी ल्याइने क्रममा रहेका करोडौं मूल्य बराबरका तयारी पोसाक जुत्ता, चप्पल र विद्युतीय सामग्री केरुङमा नै थन्किएर बसेका छन्।
रसुवा उद्योग वाणिज्य संघले रसुवागढी भन्सार तथा अध्यागमन कार्यालय सारिएको जनाएको छ। तर, वर्षात अगाडि नाका खुल्ने निश्चित छैन।
कार्यालय सारेपनि चीनतर्फको पहिरो हटाइएपछि मात्र नाका सञ्चालन हुने प्रजिअ गेलालको भनाइ छ। आवतजावत बन्द हुँदा रसुवागढी नाका र भन्सार शून्य भएको भन्सारका कर्मचारी राजु अधिकारीले बताए।

source:onlinekhabar

You might also like More from author