प्रहरीले राइफलबाट आफैंलाई गोली हाने

0 6

रौतहट :  रौतहटमा एक प्रहरी जवानले आफैँले बोकेको राइफल चलाएर आत्महत्या प्रयास गरेका छन ।

जिल्लाको रामपुर खाप प्रहरी चौकीमा कार्यरत २८ वर्षीय लालबाबू प्रसाद चौहानले बुधबार विहान ड्यूटीमा रहेकाबेला आफैले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुबाबू थपलियाले जानकारी दिए ।

पर्साको सिर्सिया गाविस–५ घर भएका प्रहरी जवान चौहानले पारिवारिक समस्याका कारण आत्महत्या गर्न खोजेको हुनसक्ने प्रउ थपलियाले जानकारी दिए ।

उनले आफँैले बोकेको राइफलले टाउकोमा गोली प्रहार गरेका छन । गोलीबाट गम्भीर घाइते चौहानलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।