प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक

0 9

काठमाडौं : १३ दिनअघि खोलिएको प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

पत्रकार प्रतीक प्रधान प्रेस सल्लाकार भएपछि खोलिएको प्रम कोइरालाको ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि बुधबार बिहान भएको हो

ट्विटरमार्फत आफ्ना गतिविधि र देशविदेशका विकसित घटनाबारे धारणा सार्वनजिक गर्दै आएका प्रम कोइरालाको ट्विटर एकाउन्ट ह्याक भएपछि नयाँ एकाउन्ट बुधबारै खोलिएको छ ।

११ हजार बढीले फलो गरिसकेको ट्विटर एकाउन्ट ह्याक भएपछि प्रम कोइरालाको नाममा नयाँ ह्यान्डिल खोलिएको छ ।

नयाँ ह्यान्डिलबाट ट्विट गर्दै प्रम कोइरालाले पुरानो ह्यान्डिल ह्यक भएको पुष्टि गरेका छन् । ‘हाम्रो पुरानो ह्याण्डिल गलत व्यक्तिबाट ह्याक हुन् गएकोले, नयाँ खाता संचालनमा ल्याएका छौ’, नयाँ ह्यान्डिलमा भनिएको छ, ‘हजुरहरुलाई परेको अप्ठेरो र अल्झन प्रति क्षमाप्राथी छु ।’

प्रम कोइरालाको ह्यान्डिल ह्याक गर्ने समूहको खोजी भइरहेपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पुरानो ह्यान्डिल ह्याक भएपनि फलो गर्ने क्रम भने जारी छ ।