आतंकवादी समूह आइएसले ल्यायो आफ्नै मुद्रा

0 7
लन्डन : इस्लामिक स्टेट (आइएस) ले सामाजिक सञ्जालमार्फत आफ्नो मुद्रा सार्वजनिक गरेको छ। सुनका ती मुद्रा इस्लामिक दिनार भएको आइएसले जानकारी दिएको छ।अहिले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदान चलिरहेको छ। रमदानलगत्तै इद पर्व आउँछ । इदको दिनदेखि ती मुद्रा प्रगोगमा ल्याइने आइएसले बताएको छ। यसका लागि आफ्ना लडाकूहरू भएको ठाउँमा ती सिक्काहरू पुगिसको आइएसले जानकरी दिएको छ।

आइएसले आफूलाई अरू संगठन जस्तो नआँक्न चेतावनी दिँदै आएको छ। उसले आफूले सिंगो इस्लाम राज्य सञ्चालन गर्ने र त्यसका लागि आवश्यक वस्तुको प्रबन्ध गरिने उसले सामाजिक सञ्जालमार्फत जानकरी दिँदै आएको छ।

 
ती स्वर्ण मुद्रामा अरबी भाषामा आइएस लेखिएको छ। अर्को मुद्रामा इस्लाम धर्मगुरु पैगम्बर मुहम्मदको चित्र अंकित गरिएको छ।आतंकवादी संगठन आइएसले आफ्नो मुद्राको मूल्य एक सय ३९ अमेरिकी डलर बराबर भएको बताएको छ। चाँदीको एक दिनारको भने एक अमेरिकी डलर बराबर रहेको उसको भनाइ छ। आइएसले आफ्नो टक्सार चलाएर स्वर्ण मुद्रा प्रकशन गरेको हो।

आइएसले सञ्चालनमा ल्याउने घोषणा गरेक मुद्रा पाँच सेन्टदेखि सात सय अमेरिकी डलरसम्मक रहेको बताइएको छ। सन् २०१४ को नोभेम्बरमा आइएसले आफ्नो मुद्रा चलाउने घोषणा गरेको थियो।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) जस्ता संस्थामार्फत पश्चिमा शक्तिहरूले आर्थिक बजार नियन्त्रणमा लिएको आइएसले बताउँदै आएको छ। यसको विरोधमा पनि उसले यस्ता सिक्का छापेको हो।

कागजी नोट छाप्न कुनै पनि देशको केन्द्रीय बैंकमा त्यो नोट बराबरको धातु धरौटी राख्नुपर्ने हुन्छ । धरौटी सम्बन्धित देशको केन्द्रीय बैंकले आइएमएफलाई देखाउनुपर्ने हुन्छ। सुन, चाँदी जस्ता धातुमा भने यस्तो समस्या हुँदैन।आइएसको उक्त मुद्रा दिनार जस्तै देखिन्छ। यस्तो मुद्रा ईशापूर्व ६३४ मा उस्मानक खलिफाक समयमा हुने गर्थ्यो ।

 
कट्टरपन्थी संगठन आइएसले गत नोभेम्बरमा सात किसिमका सिक्का चलाउने घोषणा गरेको थियो। सुनका दुई खाले सिक्का, चाँदीका तीन किसिमका र तामाका दुई किसिमका हुने आइएसले स्पष्ट पारेको थियो। सुनको सिक्कमा गहुँका सातवटा बाला र अर्कोमा विश्वको मानचित्र अंकित गरिएको छ।आइएसले सन् २०१४ को जुनमा इराकी सहर मोसुल कब्जा गर्दा २५ करोड ६० लाख ब्रिटिस पाउन्ड बराबरको रकम बैंकबाट कब्जा गरेको अनुमान गरिन्छ।