घुस लिदा लिदै नायब सुब्बा पक्राउ

June 24 2015 13:55

नवलपरासी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कावासोतीका नायब सुब्बा कृष्ण पोखरेललाई घुस सहित पक्राउ गरेको छ । नवलपरासीमा घुस लिँदै गरेको अवस्थामा नगद ५० हजारसहित पक्राउ परेका मालपोत कार्यालय कावासोतीका नायब सुब्बा पोखे्रललाई बुटवल लगिएको छ ।

आयोगको सम्पर्क कार्यालय बुटवलले मङ्गलबार सेवाग्राहीसँग रकम लिँदालिँदै पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल लगिएको हो ।

जग्गासम्बन्धी कारोबारमा घुस लिइँदै छ भन्ने सूचना पाएपछि खटिएको विशेष टोलीले मालपोत अगाडिको रकुवा होटलबाट उनलाई घुस रकमसहित पक्राउ गरेको आयोगको सम्पर्क कार्यालय बुटवलका लेखा अधिकृत धनिश्वर पौडेलले बताए ।

पक्राउ परेका नासु पोखरेलले कावासोती–३ का जग्गा कारोबारी नारायण पौडेलले आफलाई फसाएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top