डेटोनेटर पडि्कएर ५ वर्षीय बालकको मृत्यु

0 7

९ असार, नेपालगञ्ज । बाँकेको खैरेनीमा बेवारिसे अवस्थामा भेटिएको डेटोनेटर खेल्ने क्रममा पडि्एएर ५ वर्षका बालकको मृत्यु भएको छ ।

बैजापुर ६ खैरेनीका बलिराम थारुका छोराहरुले राप्ती नदी किनार नजिकै भेटिएको डेटोनेटर घरमा ल्याएर खेलेको थिए । खेल्ने क्रममा मुखमा लगेपछि विस्फोट हुँदा ५ वर्षका सुचन थारुको मृत्यु भएको छ ।

अर्का बालक भने सकुशल छन् । केही महिना अघि पनि बेवारिसे अवस्थामा भेटिएको डेटोनेटेर खेल्ने क्रममा पडि्कँदा एक जना घाइते भएका थिए ।