डिसहोमले थप्यो ‘हार्इ डेफिनेसन’ च्यानल

0 14

९ जेठ, काठमाडौं । डिसहोमले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउनका लागि नयाँ प्रविधिमा आधारित हाई डेफिनेसन च्यानलहरु थप गरेको छ । डिसहोमले एचबीओ डिट्स एचडी, एचबीओ सिग्नेचर एचडी र एचबीओ फेमिली च्यानल थप गरेको हो ।

डिसहोमले १६ वटा हाई डेफिनेसन च्यानलसहित ९३ वटा डिजिटल च्यानलहरु प्रसारण गरिरहेको छ । अन्य हाई डेफिनेसन च्यानलहरुमा स्टार प्लस एचडीवान, स्टार स्पोर्ट एचडीटु, टेन स्पोर्ट एचडी, सोनी सिक्स एचडी, एबिओ एचडी, स्टार मुभी एचडी, डिस्कोभरी वल्र्ड एचडी, कलर्स एचडी, लाइफ वके एचडी, स्टार प्लस एचडी, जी टिभी एचडी, जी सिनेमा एचडी, जी टिभी एचडी, स्टार गोल्ड एचडी र एमट्युन्स एचडी रहेका छन् ।

हाई डेफिनेसन पिक्चर अत्यन्त सफा र स्पष्ट हुने भएकाले यो प्रविधिले एलसीडी र एलइडी टेलिभिजनका लागि उत्तम मानिन्छ । कम्पनीका अनुसार डिसहोमले निकट भविष्यमै ३० वटा हाई डेफिनेसन च्यानलहरु प्रसारण गर्ने जनाएको छ ।

अहिले प्रसारण भइरहेका हाई डेफिनेसन च्यानलहरु ग्राहकको रोजाई अनुसारका प्याकेजमा राखिएका छन् ।  खेलकुद प्रेमी ग्राहकहरुले स्पोर्टस एचडी प्याकेज, हिन्दी टेलिसिरियल र सिनेमा प्रेमी ग्राहकहरुले फेमिली एचडी प्याकेज लिन सक्नेछन् । साथै, सम्पूर्ण एचडी च्यानलहरु हेर्न चाहने ग्राहकहरुले लाइफ स्टाइल एचडी प्याकेज लिन सक्नेछन् ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एकमात्र डिटिएच सेवा प्रदायक डिसहोमले नेपालभर ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

सिधै  स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी (साउण्ड) र दृश्य (पिक्चर) दुबै गुणस्तरीय हुन्छन् । डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ ।

f