सिन्धुपाल्चोकमा घर भत्काउने क्रममा दुई जनाको मृत्यु

0 11

९ असार, सिन्धुपाल्चोक । सिन्धुपाचोकमा भूकम्पले क्षति पुगेको घर भत्काउने क्रममा दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

कुन्चोक ९ मा घडेरीडाँडामा भूकम्पले क्षति पुगेको खिलबहादुर न्यौपानेको घर भत्किाउने क्रममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार निदालले लागेर ८७ वर्षका गणेशबहादुर थापा र ८२ वर्षका डम्बरबहादुर न्यौपानेको पुरिएर मृत्यु भएको छ ।

८४ बलबहादुर न्यौपाने घाइते भएका छन् । उनलाई धुलिखेल अस्पताल ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।